शनिवार थप ३२१८ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु

शनिवार थप ३२१८ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु


काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ३२१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज देशभर १३ हजार ५७३ वटा स्वाब नमुनाको परीक्षणमा तीन हजार २१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आठ हजार ८६६ नमुनाको पीसीआर परीक्षण गर्दा दुई हजार २३१ र चार हजार ७०७ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर एक हजार ७२२ जना कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ ।