पारस खड्काले लगाउने ७७ नम्बरको जर्सी प्रयोगमा नल्याउने क्यानको निर्णय

पारस खड्काले लगाउने ७७ नम्बरको जर्सी प्रयोगमा नल्याउने क्यानको निर्णय


काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान) पूर्वकप्तान पारस खड्काले लगाउने ७७ नम्बरको जर्सी प्रयोगमा नल्याउने भएको छ ।

साउन १९ गते अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका खड्काको सम्मानमा क्यानले ७७ नम्बरको जर्सी प्रयोगमा नल्याउने निर्णय गरेको हो ।

उनले दुई वर्षअघि कप्तानबाट राजीनामा दिएका थिए । पारसले नेपाली क्रिकेटलाई पु¥याएको योगदानको कदर गर्दै क्यानले उनले लगाउने गरेको ७७ नम्बरको जर्सी प्रयोग नगर्ने बताएको हो ।