काठमाण्डु – नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
आर्थिक वर्ष २०७८/०७९ मुद्रास्फीति दर ६.५० प्रतिशतमा सीमित राख्ने लक्ष्य राखिएको छ । गर्भनर अधिकारीले मुद्रास्फीति नियन्त्रित अवस्थामा रहे पनि मूल्यमा केही चाप पर्ने अवस्था रहेको बताए । उनले कृषि व्यवसायका लागि सहज कर्जाको व्यवस्था गरिएको बताए ।
प्रतिक्रिया