कुषिमन्त्री खनालले भने : मालपोत र नापीका भ्रष्ट कर्मचारीको सूची तयार हुंदैछ

कुषिमन्त्री खनालले भने : मालपोत र नापीका भ्रष्ट कर्मचारीको सूची तयार हुंदैछ


काठमाडौं – कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवले नापी मालपोत, कार्यालयमा सुधाको प्रयास गरिएको दावी गरेका छन् ।

भूमि नीति तर्जुमाका लागी सरोकारवालासंग काठमाडौंमा भएको परामर्श गोष्ठीमा बोल्दै मन्त्री खनालले लामो समय बसी बिचौलियासँग नेक्सस जोड्ने र भ्रष्टाचार गर्ने कर्मचारीको गोप्य लिष्ट तयार हुदै गरेको बताएका छन् ।

उनले भने ‘गलत गर्ने सबैलाइ कार्वाहीको दायरामा ल्याइन्छ ।’ मालपोत कार्यालयहरुमा आमूल सुधार गरिन्छ । अहिले निवेदन दिँदा लामो र अप्ठ्यारा फर्म लेख्ने झन्झटबाट मुक्त गर्न ए फोर साइजको पेपरमा सजिलो भाषामा नागरिकले सिधै निबेदन दिने ब्यवस्था गरिन्छ । यस क्षेत्रको आमूल सुधारको लागी म अहोरात्र खटिनेछु ।’

‘जग्गा प्लटिङ्गमा बिचौलैया दलाली प्रथा हटाइनेछ । आबासयोग्य जग्गा खरिद बिक्रीको लागि बैधानिक कम्पनी मार्फत हुने गरि कर प्रणालीमा लिइनेछ । अब कोहि ठगिनुपर्ने छैन । भूमि सम्बन्धी नयाँ नीति आउँदैछ । भूमि सबै राज्यको हो, नागरिकलाई उपयोगको हिस्सा मात्र बितरण गरिएको हो ।

उनले भने ‘कृषियोग्य जमिनमा घर बनाउन दिइने छैन । कृषिमा अब टुक्रे जमिन होइन सिङ्गो चक्लाबन्दी जमिन चाहिन्छ । भूमीको उचित ब्यवस्थापन गरिन्छ । जथाभाबी ब्यापारिक पसल राख्ने, उद्योगहरु स्थापना गर्ने, घरघडेरी बनाउने अब्यवस्थित शहरीकरणलाई रोकिन्छ । आवास योग्य भूमिमा बढी कर लगाइन्छ र कृषि प्रयोजनको लागि लिजमा भूमि लिने दिने ब्यवस्था हुन्छ ।’