नेकपाको पहिलो स्थायी कमिटी बैठक शनिबार, अाेली र प्रचण्डले सम्बाेधन गर्ने

नेकपाको पहिलो स्थायी कमिटी बैठक शनिबार, अाेली र प्रचण्डले सम्बाेधन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–  एमाले र माअाेवादी केन्द्रबीच एकता भइ गठन भएकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलो स्थायी कमिटीको बैठक शनिबार बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय राजनीतिक परिस्थितिका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा अाेली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्बोधन रहनेछ।

नेकपाका महासचिव विष्णुप्रसाद पौडेलका अनुसार  बैठकमा पार्टी एकतायताको राजनीतिक तथा सांगठनिक अवस्थाबारे महासचिवको प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका तथा आचारसंहिता मस्यौदा कार्यदल गठन, प्रधानमन्त्रीको चीन भ्रमणको तयारीलगायत कार्यसूची छ।

गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई नेकपा गठन भएको थियो ।