देशव्यापी शैक्षिक हड्तालले पठन पाठन अवरुद्ध

देशव्यापी शैक्षिक हड्तालले पठन पाठन अवरुद्ध


काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकटको अखिल क्रान्तिकारीसहितका विद्यार्थी संगठनले आह्वान गरेको देशव्यापी शैक्षिक हड्तालले पठन पाठन अवरुद्ध भएको छ ।

केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकसहितका कार्यकर्ताहरूलाई पक्राउ गरेको विरोधमा क्रान्तिकारीले देशभरका स्कुल र कलेज बन्दको घोषणा गरेको हो ।

अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल, कोषाध्यक्ष नरेन्द्र विकसहितका नेता कार्यकर्ताहरूलाई केही दिनअघि चाबहिलबाट प्रहरीले पक्राउ गरेको थियो । अध्यक्ष ढकाल रिहा भएपनि विकलाई बौद्ध प्रहरीले छाडेको छैन । अध्यक्ष ढकालले शैक्षिक हड्ताल गर्नु आफूहरूको रहर नभएर बाध्यता भएको बताए ।