पुर्व गृहमन्त्री निधी अस्वस्थ,निमोनिया भएको आशंका

पुर्व गृहमन्त्री निधी अस्वस्थ,निमोनिया भएको आशंका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– छातीमा समस्या देखिएपछि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि  राजधानीको चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका छन् । श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएका नेता निधिलाई छाती रोग विशेषज्ञ डा सुबोध सागर ढकालसहितको चिकित्सक टोलीले उपचार गरिरहेको छ ।

 

 

 

चिकित्सकले उनलाई श्वास फेर्न गाह्रो हुनुका साथै ज्वरो पनि आएकाले निमोनिया हुनसक्ने आशंका गरेको अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले जानकारी दिए ।

 

 

जनकपुरमा चुनाव प्रचारप्रसार गर्ने क्रममा श्वास फेर्न गाह्रो भएपछि उनी सोमबार काठमाण्डु, आएका थिए । मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता निधि धनुषा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवारी दिएका छन् ।
रासस