जिम्बाब्वे संकट : राष्ट्रपति रोबर्ट मुगाबेविरुद्ध महाअभियोग लगाउने तयारी

जिम्बाब्वे संकट : राष्ट्रपति रोबर्ट मुगाबेविरुद्ध महाअभियोग लगाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जिम्बाब्वे– जिम्बाब्वेका राष्ट्रपति रोबर्ट मुगाबेविरुद्ध महाअभियोग लगाउने तयारी भएको छ । जिम्बाब्वेको सत्तारुढ दल जानु पीएफले  श्रीमतीलाई संवैधानिक अधिकार हातमा दिने लगायतका आरोपसहित महाभियोग प्रक्रिया बढाउने तयारी गरेको बिबिसीले जनाएको छ ।

 

 

 

राष्ट्रपति मुगाबेलाई दुई दिनभित्र हटाउने तयारी भएको पीएफका वरिष्ट सदस्य पल मनाङग्याग्वाले बताएका छन् । उनिविरुद्ध महाभियोग प्रस्ताव मंगलवार संसद्मा पेश गर्ने तयारी छ ।  सत्तारुढ पार्टी जानु पीएफले राजिनामा दिन गरेको आग्रहलाई उनले अस्विकार गरेका थिए ।

 

 

 

उनीमाथी श्रीमतीलाई सरकार चलाउने कुनै अधिकार नभए पनि सत्ता हातमा लिने संवैधानिक अधिकार दिएको, उपराष्ट्रपति र सरकारी कर्मचारीहरुको अपमान गरिरहेको र सेनाको बदनाम गरेको लगायतका आरोपसहित महाअभियोग लगाउन लागिएको हो ।

 

 

 

सेनाका उच्च अधिकारीले राष्ट्रपति मुगाबे र पदबाट हटाइएका पूर्व उपराष्ट्रपति एमर्सन मननङग्याग्वाबीच वार्ता गराउने तयारी भएको बताएका छन् ।  उनिहरुको भविष्यबारे योजना बनिसकेको ती अधिकारीको दाबी छ ।

 

 

राष्ट्रपति मुगाबेका सम्भावित उत्तराधिकारीको रुपमा पूर्व उपराष्ट्रपति मनाङग्याग्वालाई हेरिएको थियो । तर, उनले आफ्नी श्रीमती ग्रेस मुगाबेलाई उत्तराधिकारी बनाउन खोजेपछि सेनाले हस्तक्षेप गरेको थियो । हाल देशबाहिर रहेका पूर्व उपराष्ट्रपति एमर्सन मननङग्याग्वा स्वदेश फर्कने तयारी रहेको सेनाले जनाएको छ । ऐजेन्सी