नेकपा अध्यक्ष प्रचण्ड सिंगापुरमा, यस्तो छ भ्रमणको कारण ?

नेकपा अध्यक्ष प्रचण्ड सिंगापुरमा, यस्तो छ भ्रमणको कारण ?


काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंगापुर प्रस्थान गर्नुभएको छ । प्रचण्ड पत्नी सिता दाहालको उपचारको लागी आईतबार राती सिंगापुर उडेको पारिवारीक स्रोतले जनाएको छ । प्रचण्ड पत्नी सिता लामो समयदेखी उच्च रक्तचापलगायत विभिन्न रोगबाट ग्रसित हुनुहुन्छ ।

लामो समयदेखी विभिन्न रोगबाट पिडित सितालाई यसअघि उपचारको लागी थाइल्याण्डको राजधानी बैंकक लगिएको थियो । नेकपा अध्यक्ष प्रचण्ड पत्नी सिता आफ्ना एक मात्र पुत्र प्रकाश दाहालको निधन भएदेखी नै विक्षिप्त बन्नुभएको छ । पुर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डसंगै एक जना स्टाफ नर्स, छोरी गंगा दाहाल र भतिजा समिर दाहाल समेत सिंगापुर जानुभएको छ ।

चिकित्सकहरुले सिंगापुरमा उपचार गर्दा ठिक हुने बताएपछि उहालाई सिंगापुर लगिएको पारिवारीक स्रोतले जनाएको छ । उहाको सिंगापुरको एलिजाबेथ अस्पतालमा उपचार हुनेछ ।

नेकपा अध्यक्ष पचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले पत्नी सिता दाहालको उपचारको क्रममा लागी प्रचण्ड सिंगापुर प्रस्थान गर्नुभएको जानकारी दिनुभयो ।

‘पहिलेदेखी नै मेडमको उपचार थाइल्याण्डमा भइरहेको थियो,त्यहा उपचार गर्दा समेत रोग निको नभएपछि सिंगापुरमा उपचार राम्रो हुन्छ भन्ने जानकारी आएपछि उहाहरु त्यता जानुभएको हो ।’ सापकोटाले काठमाडौंपाटीसंग भने ।