विभाजित दलका जनप्रतिनिधिलाई दल रोज्न साँझ ५ बजेसम्मको समय

विभाजित दलका जनप्रतिनिधिलाई दल रोज्न साँझ ५ बजेसम्मको समय


काठमाण्डु – विभाजित दलका जनप्रतिनिधिहरुलाई निर्वाचन आयोगले दल रोज्न दिएको समयसीमा आज सकिँदैछ ।

राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश आएपछि विभाजित भएका एमाले र जसपाका जनप्रतिनिधिले आज साझ ५ बजेसम्म आफूले चाहेको दल रोज्न पाउने छन् ।

२० प्रतिशत सांसद तथा केन्द्रीय सदस्य भएकै आधारमा दल विभाजन गर्न मिल्ने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश जारी भएसँगै नेकपा एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी(जसपा)बाट लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) निर्वाचन आयोगमा दर्ता भएका थिए ।

प्रदेश र पालिकाका जनप्रतिनिधिलाई आयोगले दल रोज्न गएको भदौ २ गतेदेखि २१ दिनको समय दिएको थियो । प्रदेशसभा सदस्यले प्रदेश निर्वाचन कार्यालय र पालिकाका जनप्रतिनिधिले पालिका निर्वाचन कार्यलयमा पुगेर आफु बस्न चाहेको दलमा सनाखत गर्न सक्नेछन् ।