देउवाका कारण आरक्ष पिडितको बेहाल भएको जोशीको आरोप

देउवाका कारण आरक्ष पिडितको बेहाल भएको जोशीको आरोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कंचनपुर– कंचनपुर निर्वाचन क्षेत्र नम्बर २ (क) प्रदेश सभाका उम्मेदवार महेश दत्त जोशीले कांग्रेसका सभापति एव प्रधानमन्त्री शेर बहादुर देउवाले जनताको कांधमा बन्दुक पटकाएर विस्थापित आरक्ष पीडितको अहिलेसम्म पुर्नस्थापना नगरेको आरोप लगाएका छन् ।

 

 

 

वाम गठनबन्धन कृष्णपुरले बुधबार वाणीमा आयोजना गरेको चुनावी सभामा सम्बोधन गर्दै उम्मेदवार जोशीले कञ्चनपुरका हजारौं नागरिकको विचल्ली बनाएका देउवाले सरकारमा पुग्दा पनि पीडितको पक्षमा केही नगरेको बताएका हुन् ।

 

 

 

‘विस २०५८ सालमा तत्तकालिन प्रधानमन्त्री शेर बहादुर देउवाले तपाईहरुलाई घरवार बिहिन बनायो, आज उनै सरकारको नेतृत्वमा छन्, ‘उनले भने, जसले आरक्ष पीडितको कांधमा बन्दुक पडकाएर अहिलेसम्म पिडितको पुर्नस्थापना गरेनन् ।’

 

 

 

डेढ दशक वितिसक्दा पनि आरक्ष पीडितहरुको बेहाल भएको बताउदै जोशीले आरक्ष पीडितको पिडा आफुले नजिकबाट बुझेको बताए ।

 

 

 

‘मलाई राम्रोसंग थाहा छ, यहँका आरक्षपीडित, वाढिपीडित, मुक्त कमैया, हलिया, सुकुमबासी, सबैलाई पीडै पिडा छ, ‘उनले भने, ‘अब वामपन्थी सरकारले तपाईहरुका सबै पिडा सम्बोधन गर्छ ।’

 

 

 

मानव भएर मुक्त कमैया हलियालाई दानविय व्यवहार गरेकाले जंगलमा बस्नु परेको उनको भनाई छ । मुक्त कमैया हलियालाई न्यायिक पुर्नस्थापना गरेर रोजगारीको ग्यारेण्टी गराईने समेत उनले दावि गरे ।

 

 

पुस्तौ देखि रहेको व्याप्त समस्या वाम घटकले मात्रै सम्बोधन गर्ने बताउदै उनले वाम गठवन्धनका उम्मेदवारलाई जिताउन समेत आग्रह गरेका छन् । ‘अब जनता पैसाका विटाले मान्नेवाला छैनन्, ‘उनले भने, जनता चलाख भईसकेका छन् ।’