वाम गठबन्धनविरुद्ध कांग्रेसको आक्रमक चुनावी तयारी

वाम गठबन्धनविरुद्ध कांग्रेसको आक्रमक चुनावी तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– वाम गठबन्धनको आक्रामक चुनाव तयारी चिर्न कांग्रेसले लोकतान्त्रिक गठबन्धन अझै कस्ने तयारी गरेको छ ।  प्रदेश २ को चुनावका लागि उसले राजपा र संघीय फोरमसँग गठबन्धन तयारी गरेको हो । राजपा र फोरम यसअघि नै चुनावी गठबन्धनमा सामेल छन् ।

 

 

 

कांग्रेसले राजपासँग चुनावी गठबन्धनका लागि दस्ताबेजको मस्यौदा अध्ययनका लागि पठाइसकेको छ । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले त्यसलाई अध्ययन गरेपछि कांग्रेस(मधेसवादी गठबन्धनको औपचारिक घोषणा हुनेछ ।

 

 

 

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवानिकट स्रोतका अनुसार पार्टीले नेता विमलेन्द्र निधि र मीनेन्द्र रिजालको अगुवाइमा मधेसवादी दलसित चुनावी गठबन्धन गर्न औपचारिक प्रस्ताव पठाएको हो ।

 

 

निधि स्वास्थ्यलाभका लागि काठमाडौं आएका छन् । प्रदेश २ को चुनाव मंसिर २१ मा हुने भएकाले रिजाल त्यसअघि मोरङको आफ्नै चुनावी क्षेत्रमा व्यस्त हुनेछन् । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।