लेखराज भट्टले सार्वजनिक गरे छुट्टै चुनावी घोषणापत्र (घोषणापत्रसहित)

लेखराज भट्टले सार्वजनिक गरे छुट्टै चुनावी घोषणापत्र (घोषणापत्रसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली– माओवादी केन्द्रका नेता एवं संघीय प्रतिनिधिसभा कैलाली क्षेत्र नम्बर–४ का बाम गठबन्धनका साझा उम्मेदवार लेखराज भट्टले केन्द्र सरकारले सुदूरपश्चिमलाई हेपेको र सोही कारण उक्त क्षेत्र पछाडि परेको दाबी गर्दै मुलुकको अन्य भाग सरकार विकास गराउन बाम गठबन्धनले जित्नुपर्ने बताएका छन् ।

 

 भट्टले बिहीबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै  सुदूरपश्चिमलाई आर्थिक राजधानी बनाउने प्रस्ताव गरेका छन् । तर, त्यसमा केन्द्र सरकारले पनि सहयोग गर्नुपर्ने भएकाले सुदूरपश्चिमबाट प्रनितिधिसभा र केन्द्र सरकारमा सशक्त प्रतिनिधित्व गर्न सक्ने नेतृत्व आवश्यक रहेको उनको भनाइ छ ।

 

 

 

 

‘मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनलाई पार्टी एकताको लागि सघन छलफल र बहसको प्रक्रिया अगाडि बढेको छ ।

 

 

वाम गठबन्धनले स्थायी सरकारको परिकल्पना र तीव्र आर्थिक विकासको खाका कोरेको बेला वाम गठबन्धनका उम्मेदवार नै मतदाताको रोजाइमा पर्नु आवश्यक देखिन्छ’, भट्टले घोषणापत्रमा भनेका छन्, ‘कैलालीको ४ नम्बर निर्वाचन क्षेत्रका सन्दर्भमा राष्ट्रिय राजनीतिमा स्थापित र सुदूरपश्चिमको विकासका लागि लगातार संघर्षरत नेतृत्व लेखराज भट्ट बाहेक अरुको कल्ल्पना नै गर्नु हुँदैन ।’ घोषणापत्रमा कैलालीलाई प्रदेशको प्रदेश नम्बर–७ को आर्थिक राजधानी बनाउने प्रतिबद्धता उनले गरेका छन् ।

 

 

 

 

मुलुक शान्ति प्रक्रियामा गएपछि माओवादी पार्टी र स्थानीय नेतृत्वले सुदूरपश्चिममा थुप्रै विकास र समृद्धिका प्रयास गरेको भए पनिस्थायी सरकार नहुनु र केन्द्रीय राज्यसत्ताको दृष्टिकोण परिवर्तन नहुँदा पर्याप्त अवसरलाई अगाडि बढाउन नसकिएको उनको तर्क छ ।

यस्ता छन् भट्टका चुनावी प्रतिबद्धता

१. भौतिक पूर्वाधार तथा यातायात
अत्तरियालाई प्रादेशिक आर्थिक राजधानी बनाइने छ ।
खुटिया–दिपायल फस्ट ट्रयाकको काम यथाशीघ्र सम्पन्न गरिने छ ।
मालाखेती–कोल्मुडा –फल्टुणे कृषि सडक कालोपत्रे बनाइने छ ।
मसुरिया–हसुलिया कृषि सडक कालोपत्रे बनाइने छ ।
राजीपुर–बालुवागाडा–कटौजे–खनिया ताल हुँदै डोटी बोगटानसम्म जोड्ने सडक निर्माण गरिने छ ।
राजीपुर–गदरिया–फुलवारी कृषि सडक स्तरोन्नति एवम् कालोपत्रे गरिने छ ।
चौमाला पुरानो बजार जोड्ने नदीमा पक्की पुल निर्माण गरिने छ ।
चुरेदेखि धनगढीसम्म नगर बस सञ्चालनका लागि पहल गरिने छ ।
अत्तरियास्थित बसपार्कलाई प्रादेशिक बसपार्कका रुपमा विकास गरिने छ ।
मालाखेती–गोदावरी–गौरीगंगालाई कञ्चनपुरको कृष्णपुरसँग जोडेर रिङरोड बनाइने छ ।
ग्रामीण सबै सडकको स्तरोन्नति गरिने छ ।
गौरी गंगा रिंगरोड, चौमाला खैराला सडक र तालबन्ध मोहन्याल जोड्ने सडक निर्माण ।
धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका जोडेर महानगरपालिका बनाइने छ ।
गोदावरी, गौरीगंगा नगरपालिकाका चुरे र मोहन्याल गाउँपालिकाका दुर्गम वडामा सरकारी सेवा सुविधा जनताको पहुँच र सहजतामा ल्याइने छ ।

२. सिँचाइ, खानेपानी, तटबन्ध तथा जलविद्युत्
मोहना सिँचाइ, खुटिया सिचाइ, राजीपुर खुरखुरिया सिँचाइ, कान्द्रा सिँचाइ आयोजना सञ्चालन गरिने छ ।
ठुलीगाड बहुउद्देश्यीय योजना निर्माण (ठुलीगाड खनियाताल बाँध) निर्माण गरिने छ ।
बालुवागडा खोलामा राजिपुर देखि शिवपुरण र अण्डैया खोलामा सम्म तटबन्ध गर्ने ।
वडा नं. ११ मा पृथ्वीपुर जोड्ने झोलंगेपुल, वडा नं. ८ देखि वडा नं. १० उदासिपुर जोड्ने झोलंगेपुल निर्माण गरिने छ ।
धौलामाटी सिंचाइ तथा तटबन्ध र बनभेडा रानीफांटा सिंचाइ आयोजना निर्माणका लागि पहल गरिने छ ।
सुरुङ निर्माण गरि सुनपालमा ४० मेगावाट विद्युत् उत्पादन गरी सिँचाइ, खानेपानी योजना कार्यान्वयन गरिने छ ।
निर्वाचन क्षेत्र नम्बर ४ मा पर्ने टुडेला, गोदावरी, नर्मदा, मोहना, खुटिया, गौरीगंगा, मनहेरा, मुहन्छाल, शिवगंगा, लिक्मा, सुर्मा, कटैनि लगायत ठुला एवम् साना नदीबाट भइरहेको कटानी रोक्न आधुनिक तटबन्धनको ब्यवस्था गरिने छ ।
गोदावरी नगरपालिकाका पहाडी वडामा खानेपानीको यथोचित ब्यवस्थापन गरिने छ ।

३. कृषि तथा उत्पादन
वैज्ञानिक भू–उपयोग निति अबलम्बन गर्दै कृषि पकेट क्षेत्रहरुको निर्माण गरिने छ ।
किसानलाई समयमै मलखाद विउविजन उपलब्ध गर्न सेवा केन्द्रको कार्यलाई प्रभावकारी बनाइने छ ।
विशेष कृषि क्षेत्र घोषणा गरी कार्यान्वयन गरिने छ ।
चुरे क्षेत्रलाई अमिलो प्रजातिका फलफूल आदि उत्पादन क्षेत्र बनाइने ।
गौरीगंगामा माहुरीपालन पकेट क्षेत्र बनाइने छ ।
सहजपुरमा कफी खेतिको सम्भाव्यता अध्ययन गरी कफी जोनको रुपमा विकास गरिने छ ।
चुरे र मोहन्याल क्षेत्रमा सुन्तला, अदुवा र अलैंची खेतीमा प्रोत्साहन गरिने ।
तरकारी उत्पादन क्षेत्र खाद्यान्न पकेट क्षेत्र घोषणा गरी उत्पादन र बजारको व्यवस्था गरी रोजगारीको अवसर प्रदान गरिने छ ।
कोल्ड स्टोरको व्यवस्था गरिने छ ।

 

४. शिक्षा तथा खेलकुद
सबै विद्यालयहरुमा शिक्षक दरबन्दी पुरा गर्न पहल गर्नुका साथै विद्यालय स्तरीय शिक्षा पुर्णरुपमा निशुल्क गरिने छ ।
मसुरियास्थित खप्तड बहुमुखी क्याम्पसलाई कृषि क्याम्पसको रुपमा सम्बन्धन प्रदान गरिने छ ।
चौमाला बहुमुखी क्याम्पस र खप्तड बहुमुखी क्याम्पस मसुरियालाई सुप विश्वविद्यालयको आंगीक क्याम्पस बनाई शैक्षिक स्तरोन्नति गरिने छ ।
यस क्षेत्रमा रहेका सबै सामुदायिक निजीस्रोतका विद्यालयमा आवश्यक सरकारी दरबन्दी, व्यवहारिक र प्राविधिक शिक्षासहित भौतिक पूर्वाधारको आवश्यकतालाई पूरा गर्दै लगिने छ ।
निरक्षर दर घटाउँदै ५ वर्षभित्र पूर्ण साक्षरता एवम् निरन्तर शिक्षा वैकल्पिक शिक्षाजस्ता कार्यक्रम कार्यान्वयन गर्न पहल गरिने छ ।
अत्तरियामा रहेको प्रतिभा पुस्तकालयलाई इ–लाइव्रेरीका रुपमा विकास गरिने ।
अत्तरियामा प्रस्तावित खेल स्टेडियमलाई प्रादेशिक स्टेडियम बनाइने छ ।
प्रत्येक नगरपालिका र गाउँपालिकामा न्यूनतम् १–१ वटा खेल मैदान बनाइने ।
बढीभन्दा बढी प्राविधिक शिक्षालयको व्यवस्था गरिनुका साथै कालिका माविलाई पनि प्राविधिक शिक्षालय बनाउन पहल गरिने छ ।

५. धर्म, संस्कृति तथा पर्यटन
धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रहेको गोदावारी धामलाई व्यवस्थित र पूर्वाधार विकास गरी राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गरी धार्मिक पर्यटक भित्र्याइने छ ।
बुढितोला र खानिडाँडा क्षेत्रलाई इको डाइभर्सिटी पर्यटकीय हवको रुपमा विकास गरिने छ ।
गेटा विमानस्थललाई स्तरोन्नति गरी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गरिने छ ।
थारुहरूको संस्कृति संरक्षणको लागि श्रीपुरको लालपुरमा होमस्टेको व्यवस्थापन गरी संस्कृति जगर्ना गरिने छ ।
गोदावरीदेखि बुढीतोलासम्म केवलकारको स्थापनाका लागि पहल गरिने छ ।
गोदावरी, खुटिया, गौरीगंगा र लिक्मा नदीमा आधुनिक शवदाह स्थल बनाउन पहल गरिने छ ।
क्षेत्रभरिका परम्परागत बजारको संरक्षण गर्दै जगेर्ना गरिने छ ।
६. स्वास्थ्य
गेटा मेडिकल कलेजलाई प्रतिष्ठान तथा विश्वविद्यालयको रुपमा विकास गर्दै पूर्वाधार निर्माण एवम् सञ्चालनको काम समयमै सम्पन्न गर्न पहल गरिने छ ।
गाउँपालिका र नगरपालिकामा रहेका सबै स्वास्थ्य चौकी एवम् अस्पतालको स्तरोन्नति, डाक्टरको दरबन्दी तथा सेवा विस्तार गर्न पहल गरिने छ ।
थारु समुदायमा देखिएको सिकलसेल एनिमिया रोगको निदान, उपचार एवम् रोकथाम गर्न गेटा मेडिकल कलेजमा छुट्टै विभाग स्थापना गर्नुका साथै मसुरिया क्षेत्रका दुबै सेवा र अस्पतालको व्यवस्था गर्न पहल गरिने छ ।
पहाडी गाउँपालिका चुरे र मोहन्याल क्षेत्रका विकट वडामा स्वास्थ्य सेवा विस्तारमा विशेष प्राथमिकता दिइने छ ।
चुरे र मोहन्याल गाउँपालिकामा सुवधा सम्पन्न एम्बुलेन्सको व्यवस्था गरिने छ
७. वन तथा पर्यावरण
आधुनिक वन ब्यवस्थापन, संरक्षण र सम्वद्र्धनमा जोड दिइने छ ।
चुरे संरक्षणलाई प्राथमिकता साथ अघि बढाइने छ ।
यस क्षेत्रमा रहेको वन क्षेत्रलाई संरक्षण एवं विस्तार गर्नमा पहल गरिने छ ।
छाडा पशुचौपाया व्यवस्थापनका लागि स्थानीय तहमा कान्जी हाउस स्थापना गरिने छ ।
८. उद्योग, ब्यापार तथा स्वरोजगार
विशेष औद्योगिक क्षेत्र ९क्भ्श्० गोदावरी नगरपालिकाको हरैयामा स्थापना गरिने छ ।
विपन्न वर्गका जनतालाई लक्षित गरी विभिन्न स्वरोजगारका कार्यक्रम सञ्चालन गरिने छ ।
रोजगारीका लागि भारत जाने युवालाई स्वदेशमै रोजगारीका लागि वातावरण सिर्जना गरिने छ ।
उद्योग, कलकारखानालाई विशेष प्रोत्साहनसहित भित्र्याउन पहल गरिने छ ।
सहकारी र कृषि सहकारीको योजना बनाई बढीभन्दा बढी जनताको सहभागिताको लागि वातावरण बनाइने छ ।
९. सूचना तथा सञ्चार
निर्वाचन क्षेत्र नम्बर ४ मा देखिएको मोवाइल नेटवर्क तथा इण्टरनेट समस्या समाधान गरिने छ ।
आवश्यकता अनुसार टेलिकमका टावर राख्न पहल गरिने छ ।
एडीएसएल सेवा निर्वाचन क्षेत्रभरि पु-याइने छ ।