प्रधानमन्त्री ओली बेइजिङबाट ल्हासा उडे

प्रधानमन्त्री ओली बेइजिङबाट ल्हासा उडे


बेइजिङ – चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको टोली शुक्रबार विहानै बेइजिङबाट तिब्बतको ल्हासा प्रस्थान गरेका छन् ।

बेइजिङमा मंगलबार राष्ट्रपति सी चिनफिङ तथा बुधबार प्रधानमन्त्री ली खछ्याङसंग भेटवार्तापछि नेपाल र चीनबीच १४ बुंदे सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ भने बिहिबार राती १४ बुंदे संयुक्त विज्ञप्ती पनि जारी भएको छ।

राजधानी बेइजिङमा महत्वपूर्ण भेटवार्तापश्चात प्रधानमन्त्री ओली ल्हासा गएका हुन् । ल्हासामा ओलीले नेपाली समुदायसंग छलफल गर्ने, पोताला दरबार र जोखाङ मन्दिर अवलोकन गर्ने, कृषि परियोजना निरीक्षण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

शनिबार सांझ ६ बजेदेखि ९ बजेसम्म तिब्बत जनसरकारका अध्यक्ष छी टालाले प्रधानमन्त्री ओलीसंग रात्रिभोजसहित भेटवार्ता गर्ने कार्यक्रम छ। आइतबार बिहान ११ः५० बजे ओली ल्हासाबाट काठमाडौंका लागि उड्ने छन्।