एसईईको रिजल्ट आज ३ बजे प्रकाशित हुने,यसरी हेर्नुहोस रिजल्ट

एसईईको रिजल्ट आज ३ बजे प्रकाशित हुने,यसरी हेर्नुहोस रिजल्ट


काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा आज आउने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रक अम्बिका रेग्मीले शनिबार तीन बजेसम्म नतिजा प्रकाशित हुने जानकारी दिए ।

परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी भएका थिए । एसईई परीक्षां गत चैत आठ गतेदेखि सञ्चालन भएको थियो ।

एसर्इर्इको नतिजा आइभीआरतर्फ नेपाल टेलिकमबाट १६०० मा फोन गरी नतिजा सुन्न सकिन्छ । एसएमएसबाट पनि नतिजा थाहा पाउन सकिन्छ। त्यसका लागि तलको सूचना हेर्नुहोला ।

विभिन्‍न वेबसाइटबाट पनि एसर्इर्इको नतिजा हेर्न सकिने परीक्षा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ । एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट www.moe.gov.np मा, शिक्षा विभाग सानोठिमी भक्तपुरको www.doe.gov.np मा, परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको www.neb.gov.np मा हेर्न सकिन्छ ।

नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np र एनसेलको वेबसाइट www.ncell.axita.com मा पनि नतिजा हेर्न सकिन्छ । edusanjal.com र edukhabar.com मा पनि नतिजा हेर्न सकिन्छ ।