समान विचार भए मात्रै पार्टी एकताले सार्थकता पाउंछ : मुख्यमन्त्री गुरुङ

समान विचार भए मात्रै पार्टी एकताले सार्थकता पाउंछ : मुख्यमन्त्री गुरुङ


लमजुङ – प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विचार समान भएमा मात्र पार्टी एकताले सार्थकता पाउने बताएका छन्र ।

पार्टी एकीकरण पछि आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमजुङको पार्टी कार्यालय उद्घाटन गर्दै पार्टी स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री गुरुङले पार्टीको सांगठनिक एकतासंगै वैचारिक र भावनात्मक एकता हुन नसके एकीकरण उपलब्धिमूलक नहुने दाबी गरे ।

हिंसात्मक संघर्षबाट माओवादी आएको छ, शान्तिपूर्ण आन्दोलनबाट एमाले आएको छ,” गुरुङले भने अब पार्टी संगठन एउटै भयो । दुबै पक्षका कम्युनिष्टले विचारलाई पनि एउटै बनाउनुपर्छ ।”मुख्यमन्त्री गुरुङले नेपालको कम्युनिष्ट एकता विश्वकै लागि दुर्लभ घटना भएको दाबी पनि गरे मुलुकको विकास र आर्थिक समृद्धिको लागि जनताले दिएको जनादेश मुताबिक एकता भएको उनको धारणा थियो ।

पार्टी एकीकरणपछि लमजुङमा कार्यालयसहित पदाधिकारीहरुको जिम्मेवारी समायोजन गरिएको छ । पूर्व नेकपा एमालेको कार्यालयलाई संयुक्त पार्टी कार्यालय बनाई बांकी प्रवन्धका लागि जिल्लास्तरका नेताको कार्यदल बनाइएको नेकपाले जनाएको छ ।