दक्षिण कोरियाका पूर्वप्रधानमन्त्रीको निधन

दक्षिण कोरियाका पूर्वप्रधानमन्त्रीको निधन


सोल  – दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री तथा चर्चित गुप्तचर संस्थाका संस्थापक किम जोङ पिलको निधन भएको छ । राजधानी सोलमा शनिबार ९२ बर्षको उमेरमा उहाँको निधन भएको उनका सहयोगीहरुले जनाएका छन् ।

दक्षिण कोरियाको अनुदारवादी राजनीतिका शिर्ष चर्चित नेताका रुपमा पिललाई लिने गरिन्छ । पूर्वराष्ट्रपति द्धय किम योङ साम र किम डाय जुङसँगै सन् १९८० र १९९० को देशकमा उहाँले मुलुकका लागि ठूलो योगदान गरेका थिए । त्यस समयलाई तीन किम” को समयका रुपमा पनि लिइन्थ्यो ।

सैन्य तानाशाह चु डु ह्वानले शक्तिमा आएपछि सन् १९८० देखि १९८७ सम्म ती तीनै जनालाई राजनीतिबाट प्रतिवन्ध लगाएका थिए ।
शनिबार देहत्याग गरेका किमले सन् १९६१ बाट राजनीतिक जीवन सुरु गरेका थिए । उनी सन् १९७१ देखि ७५ सम्म र १९९८ देखि २००० सम्म गरी दुई पटक दक्षिण कोरियाको प्रधानमन्त्री बनेका थिए । (एएफपी)