सफा र हरियाली मुलुकका लागी विवेकशील साझाको वृक्षारोपण कार्यक्रम

सफा र हरियाली मुलुकका लागी विवेकशील साझाको वृक्षारोपण कार्यक्रम


काठमाडौं – विवेकशील साझा पार्टीले दहचोक ( चन्द्रागिरी(१ ) वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। पार्टीले काठमाडौंलगायत देशैभरि सफा र हरियाली बनाउने योजनाअनुसार वृक्षारोपणको कार्यक्रम अघि सारेको हो ।

यो योजना अन्तर्गत करिब ९०० विरुवाहरु केउरानी सामुदायिक उपभोक्ता बन लगाएतका वरिपरिका खुल्ला क्षेत्रहरूमा रोप्दै विवेकशील साझा पार्टीले काठमाडौं लगायत देशैभरि सफा र हरियाली बनाउन पार्टीले स्थानीयलाई प्रेरित गर्ने जनाएको हो।

वृक्षारोपणमा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, केन्द्रीय सदस्यहरु मिलन पाण्डे, अर्जुन सिंह ठकुरी, मानवी पौड्याल, डा. दिनेश प्रशाई आदीको उपस्थिति थियो। कार्यक्रममा स्थानीयहरु अनि विवेकशील साझा पार्टीका सदस्यहरु मिलेर विभिन्न प्रजातीका विरुवाहरु अनि फलका विरुवा रोपेका थिए।

कार्यक्रममा विरुवा रोप्दै रवीन्द्र मिश्रले अब विवेकशील साझा पार्टीले सामाजिक, आर्थिक, राजनैतिक अभियान देश व्यापीरुपमै अघि बढ्ने बताए। उनले देशको प्रमुख सहरहरु अनि गाउँ(गाउँमा समेत विवेकशील साझा पार्टीलाई स्वागत गर्न आतुर रहेको पाएको बताए। भर्खरै आफ्नो प्रदेश ७ को संगठन विस्तारको अनुभव सुनाउदै दुर्गम वस्तीहरुमा समेत विवेकशील साझाको नेतृत्व अनि पार्टी प्रति आस्था रहेको पाएको बताए। उनले उक्त विरुवाहरुको स्यारसुसार अनि संरक्षणमा समेत ध्यान दिन स्थानीयलाई अनुरोध गरे।

त्यस्तै, कार्यक्रमपछि विवेकशील साझा पार्टीका केन्द्रीय सदस्यहरुले स्थानीयहरू अनि सदस्यहरुसंग अन्तरक्रिया गरेका थिए। पार्टीका केन्द्रीय सदस्य तथा उक्त क्षेत्रका प्रतिनिधि सभाका उम्मेदवार मिलन पाण्डेले राजनीति चाहिने भन्दा धेरै नकारात्मक भएको भन्दै अब राजनीतिलाई सकारात्मक अनि सामाजिक उत्तरदाइत्वको रुपमा स्थापित गर्ने बताए।

त्यही क्षेत्रबाट गत प्रदेशसभामा विवेकशील साझाका उम्मेदवार समेत रहेका सुरेन्द्र बहादुर रानाभाटले विवेकशील साझा पार्टी चुनाबमा आउने अनि हराउने नगर्ने भन्दै विभिन्न कार्यक्रम मार्फत आफ्नो दाइत्व पुरा गर्ने बताए। कार्यक्रमको संयोजन गरेको दहचोक इकाईका संयोजक पवन गिरिले अब दहचोकलाई संवृद्ध बनाउन आफुले इमान्दार प्रयास गर्ने बताए। कार्यक्रमपश्चात उक्त विरुवाहरुको संरक्षणका निम्ति एउटा टोली समेत बनाएर संरक्षणको लागि प्रतिबद्धता समेत गरिएको थियो।