भारतीय पक्षले निर्माण गरिरहेको सडकको संसदमा यसरी भयो आलोचना

भारतीय पक्षले निर्माण गरिरहेको सडकको संसदमा यसरी भयो आलोचना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल– बाँके र बर्दिया जिल्लाका सिमानामा भारतीय पक्षले निर्माण गरिरहेको सडकको प्रदेश नम्बर ५ को प्रदेशसभामा बैठकमा कडा आलोचना भएको छ ।

संसदको आइतबारको बैठकमा सांसद इन्द्रप्रसाद खरेलले भारतीय पक्षले दशगजासँग जोडेर निर्माण गरेको सडकका कारण हुलाकी सडकदेखि दक्षिण पर्ने क्षेत्रहरु डुबानमा पर्ने खतरा रहेको जानकारी दिए। उनले सडक निर्माणको विषय संघीय सरकारको भए पनि प्रदेश सरकारले पहलकदमी लिनुपर्ने बताए। ‘यस्तो कार्यमा दुई पक्षीय समझदारी हुनुपर्छ,’ उनले भने।

भौतिक पूर्वाधार मन्त्री वैजनाथ चौधरीले सीमा क्षेत्रमा हुने कुनै पनि प्रकारका निर्माणका काम दुई पक्षबीचको समन्वयमा हुनुपर्ने भए पनि भारतीय पक्षबाट अटेर भइआएको बताए।

यस्ता विषय संघीय सरकारको कार्यक्षेत्रभित्र पर्ने उनको भनाइ थियो । संघीय सरकारलाई यस्ता गतिविधिको तथ्यांक संकलन गरी पत्राचार गरिने जानकारी पनि उनले बताए।