जाजरकोट – जाजरकोटको कुशे गाउँपालिका–१ का अध्यक्ष अपहरणमा परेका छन् । नेत्रबहादुर चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरूले वडाअध्यक्ष गोपालबहादुर नेपालीलाई अपहरण गरेका हुन् ।
नेकपाका कार्यकर्ताले राति २ बजे गाउपालिका कार्यालय नजिकैबाट उनलाई अपहरण गरेको वडाध्यक्ष नेपालीका भाइ प्रमोद नेपालीले जानकारी दिए ।
नेकपाका जाजरकोट जिल्ला इञ्चार्ज हरिचन्द्र जैसीले नेपालीलाई अपहरण गरेको स्वीकार गरेका छन् । उनि एमालेबाट निर्वाचीत वडाअध्यक्ष हुन ।
यता, जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी भावेश रिमालले वडाध्यक्ष अपहरणमा परेको जानकारी नभएको बताए ।
प्रतिक्रिया