भैरहवाले ललितपुरलाई दियो १७८ रनको लक्ष्य

भैरहवाले ललितपुरलाई दियो १७८ रनको लक्ष्य


काठमाण्डु – एभरेष्ट प्रिमियर लिग (इपिएल) मा ललितपुर प्याट्रियटर्सले भैरहवा ग्ल्याडियटर्सलाई १ सय ७८ रनको लक्ष्य दिएको छ ।

बिहीबार टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७७ रन बनायो । सान्दुन विराक्कोडीले ४१ बलमा २ चौका र ५ छक्का सहित सर्वाधिक ५८ रनको योगदान दिएका थिए ।

विराक्कोडीले ३५ बलमा अर्धशतक प्रहार गरेका हुन् । सन्दीप जोरा २५ बलमा २ चौका र २ छक्का सहित ३८ रनमा रन आउट भए । ललितपुरका आजमतुल्लाह ओमरजाई २२ बलमा २ चौका र ४ छक्का सहित ४२ रनमा क्याच आउट भए ।

दोस्रो ओभरको तेस्रो बलमा कप्तान तथा ओपनर कुशल भुर्तेल २ रनमा रन आउट हुन पुगे । कुशल यसअघिका दुई खेलमा पनि सस्तैमा आउट भएका थिए । ललितपुरले यसअघि दुई खेलमा लगातार हारको सामना गरेको छ । भैरहवाले भने दुईमा एकमा जित र एक खेलमा अंक बाँडेको छ ।