बाबुराम भट्टराई आचारसंहिताको ठाडो उल्लंघन गर्दै, मौन अवधिमा भोज–भतेरसहित चुनाव प्रचार

बाबुराम भट्टराई आचारसंहिताको ठाडो उल्लंघन गर्दै, मौन अवधिमा भोज–भतेरसहित चुनाव प्रचार


गोरखा– नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उमेदवार डाक्टर बाबुराम भट्टराईले निर्वाचन आचारसंहितको ठाडो उल्लघन गरी मौन अवधिमा चुनावी सभा गरेका छन्।

 

 

 

भट्टराईले शुक्रबार राति अबरे पालुङटार नगरपालिकाको वडा नम्बर २ मा पर्ने फलामखानीमा चुनावी कार्यक्रम गरेका स्थानीयले बताएका छन्।

 

 

 

शुक्रबार बेलुका स्थानीयबासी भरतपोखरेलको घरमा करिव ७० जना मानिसहरुको भेला गरी भट्टराईले चुनाव प्रचारप्रसार गरेका हुन्।

 

 

उमेदवार भट्टराईले स्थनीयबासी भरत पोखरेलको घरको आँगनमा पाल टाँगेर भोजभतेर सहित कार्यक्रम गरेको स्थानीयले बताएका छन्।

 

 

स्रोतले भन्यो, ‘भट्टराईले स्थानीयबासीलाई अहिले मौन अवधि शुरु भइरसकेको छ आचारसंहित लाग्छ यस्तो कार्यक्रम गर्न पाइदैन त्यसैले गोप्य राख्नुहोला।’

 

 

भट्टराई चुनाव प्रचारका शनिबार बिहान केउरेनी, राइगाउँ लगायतका क्षेत्रमा पुगेका थिए।

 

 

 

गोरखा जिल्लाका मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले मौन अवधिमा कुनै किसिमको चुनाव प्रचार गर्न नपाइने बताए।

 

 

भट्टराईले कार्यक्रम गरेको भन्ने बारेमा आफूहरुलाई जानकारी नआएको भन्दै पौडेलले सो सम्बन्धमा उजुरी परे आयोगले तत्काल छानविन अघि बढाउने बताए।