काठमाण्डु – एभरेष्ट प्रिमियर लिग (ईपिएल) मा पोखरा राइनोजले चितवन टाइगर्सलाई १ सय २४ रनको सामान्य लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पोखराले युवा अलराउन्डर विवेक यादवको अर्धशकतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २३ रन बनायो ।
पोखरा विवेक यादव ४५ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ५३ रनमा अविजित रहे । एक समय १ सय रन कटाउन पनि कठिन देखिएको पोखरालाई विवेकले विवेकपूर्ण ब्याटिङ गर्दै साख बचाएका थिए ।
प्रतिक्रिया