विप्लव माओवादीको निशानामा परे पुर्वगृहराज्यमन्त्री बानिया,भक्तपुरमा पनि बम विस्फोट

विप्लव माओवादीको निशानामा परे पुर्वगृहराज्यमन्त्री बानिया,भक्तपुरमा पनि बम विस्फोट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व गृहराज्यमन्त्रीसमेत रहेका मकवानपुर क्षेत्र नम्बर २ अन्र्गत प्रदेशसभा २ का उमेदवार इन्द्रबहादुर बानियांको घरमा बम विष्फोट भएको छ । शनिबार सांझ करिब साढे ६ बजे बानियां घरभन्दा ३० मिटर पर सुतली बम पड्कीएको कांग्रेस जिल्ला सदस्य भीमसेन महतले जानकारी दिए ।

 

 

मकवानपुरको मनहरी बजारमा रहेको प्रतीक्षालयमा शनिबार दिउसो करिब ४ बजे बम विस्फोट भएको छ । मनहरी बजारमा रहेको प्रतीक्षालयमा विष्फोट भएको हो । टाइम सेट गरेर राखिएको सुतली बम विष्फोट भएको प्रहरीले जनाएको छ ।

 

 

विस्फोटमा मानवीय क्षति नभएको तर प्रतीक्षालयमा क्षति भएको छ । विस्फोटबाट प्रतिक्षालयको टिनको छानामा केही प्वाल परेका छन् । प्रतिक्षालयमा कोही नरहेका कारण मानवीय क्षति भने भएन ।

 

 

यसैगरि भक्तपुरमा नेपाली कांग्रेसका दुई प्रदेश उम्मेदवार लक्षित गरेर शनिबार साँझ एकैसमयमा बम बिस्फोट गराइएको छ। नेपालीका कांग्रेसका निर्वाचन क्षेत्र नं १ को प्रदेश क का उम्मेदवार जीवन खत्रीको चांगुनारायण नपा ७ वागेश्वरी र क्षेत्र नं २ प्रदेश ख का उम्मेदवार गणेशमान चक्रधरको मध्यपुर थिमि नपा ८ बोडेस्थित घरलाई लक्षित गरी बम बिस्फोट गराइएको हो ।

 

 

 महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार दुवै उम्मेदवारको घर नजिक प्रेसर कुकर बम विस्फोट गराइएको छ ।