काठमाण्डु – एभेरेष्ट प्रिमियर लिग (ईपीएल) चौथो संस्करणमा चितवन टाइगर्सले भैरहवा ग्ल्याडियटर्सलाई १ सय ६५ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६४ रन बनायो । चितवनका करिम जन्नतले ३७ बलमा १ चौका र २ छक्का सहित सर्वाधिक ३५ रन बनाए ।
ओपनर मोहम्मद शाहजाद २४ बलमा ३ चौका र २ छक्का ३२ रनमा आउट भए । चितवनका नियमति कप्तान सोमपाल कामीलाई विश्राम दिएको छ । चितवनको कप्तानी दीलिप नाथले गरेका छन् ।
प्रतिक्रिया