काठमाण्डु – एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा भैरहवा ग्ल्याडियटर्सले चितवन टाइगर्सलाई ६ विकेटले पराजित गरेको छ । टियु क्रिकेट मैदानमा भएको उक्त खेलमा ओपनर प्रदीप ऐरीको उत्कृष्ट ब्याटिङमा भैरहवाले चितवनलाई ६ विकेटले पराजित गर्न सफल भएको हो ।
यो जितसँगै भैरहवा क्वालिफायर नजिक पुगेको छ । जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको भैरहवाले १७.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । भैरहवाका ओपनर प्रदीप ऐरीले ४३ बलमा ८ चौका र ३ छक्का सहित सर्वाधिक ७२ रनको योगदान दिए ।
प्रदीपको यो इपिएल करिअरको सर्वाधिक उच्च प्रदर्शन हो । यसअघि प्रदीको उत्कृष्ट प्रदर्शशन पहिलो संस्करणमा ५५ रन बनाएका थिए । प्रदीपले नवौं ओभरको चौथो बलमा फाइन लेगमा तीव्र गतिका बलर गौतम केसीलाई छक्का प्रहार गर्दै २८ बलमा अर्धशतक पूरा गरेका थिए ।
प्रतिक्रिया