लगानी बोर्ड खारेज गर्नुपर्ने सांसद सुवालको माग

लगानी बोर्ड खारेज गर्नुपर्ने सांसद सुवालको माग


काठमाडौं – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले लगानी बोर्ड नेपाल खारेज गर्न सरकारसंग माग गरेका छन् ।

सुवालले मंगलबारको संसद बैठकमा विदेशीलाई श्रम र मुनाफा दिने नियतका साथ काम गरिरहेको लगानी बोर्ड नेपालका लागि उपयुक्त नदेखिएकाले तत्काल खारेज गर्न माग गरेका हुन् ।

सांसद सुवालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सार्वजनिक निर्माण तथा अनुगमनको काममा पूर्णतः असफल भएको दावी गरे।उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले भ्रष्टाचार अन्त्य गरेर मुलुकमा सुशासन बहाल गर्न नसकेको गम्भीर आरोपसमेत लगाए ।

सांसद सुवालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको औचित्य पुष्टि गरेर देखाउन पनि प्रधानमन्त्री केपी ओलीलाई चुनौती दिए । प्राधिकरणले पुनर्निर्माणको कामलाई गति नदिएकोमा सांसद सुवालको आक्रोश छ । उनले पुनर्निर्माणको काम १० प्रतिशत पनि सम्पन्न नगर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको औचित्य नरहेको पनि बताए ।