काठमाण्डु – चितवन टाइगर्स पहिलोपटक एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फाइनलमा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको क्वालिफायरमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै चितवन इपीएलको फाइनलमा पुगेको हो ।
क्वालिफायरमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १५ ओभरमा सबै विकेट गुमाएर ६६ रनको योगफल तयार गरेको थियो ।पोखरालाई सस्तैमा समेटेको चितवनले ७.४ ओभरमा एक विकेट गुमाएर ६७ रनको लक्ष्य पूरा गर्यो ।
क्वालिफायरमा शानदार जित दिलाउन चितवनका लागि ओपनर मोहम्मद शहजाद र कासिम अनसारीले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए । २६ बलको सामना गरेका शहजादले ७ चौका र २ छक्कासमेत प्रहार गरेका थिए ।
यस्तै आसिम अनसारी १४ र करिम जनत ४ रनमा अविजित रहे । टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १५ ओभरमा सबै विकेट गुमाएर चितवनसामु ६७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
पहिलो विकेटका लागि ३३ रनको सझेदारी गर्दै पोखराले सम्हालिएको सुरूआत गरेको थियो । ४.६ ओभरमा ओपनर रिचार्ड लेभीलाई गुमाएको पोखराले ४१ रनमा अर्का ओपनर सुनील धमलालाई गुमाएको थियो ।
त्यसपछि तीन रन जोड्दा चार विकेट गुमाएको पोखराका लागि अन्य ब्याट्म्यानले १० को आँकडा पार गर्नै मुश्किल परेको थियो । कप्तान तथा विकेटकिपर ब्याट्सम्यान विनोद भणडारी गोल्डेन डक हुँदा असेल गुणारत्ने १ रनमा पेभेलियन फर्के । यस्तै, सहान अराचिगे ३ रनमा आउट हुँदा विवेक यादव २, लोकश बम ५ र नन्दन यादव शून्य रनमा सीमित भए ।
यस्तै, सुशन भारी १२ रन बनाएर पेभेलियन फर्किँदा किशोर महतो रनमा अविजित रहे । कसिलो बलिङ गरेको चितवनका लागि सागर ढकालले ४ ओभरमा १४ रन मात्रै खर्चेर ४ विकेट लिए । यस्तै साहब आलमले पनि ४ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए ।
प्रतिक्रिया