जाजरकोट– माओवादी केन्द्रका नेता एवंम् पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटबाट मतदान गरेका छन् । वाम गठवन्धनको तर्फबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार समेत रहेका नेता वस्नेतले जाजरकोटको पिपेस्थित वागेश्वरी निमावी मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
वस्नेतले आईतबार विहान ७ वजेर ३० मिनेटमा मतदान गरेको उनका सहयोगी मुक्ति वस्नेतले जानकारी दिए ।
त्यसैगरी पुर्व शान्तिमन्त्री समेत रहेकी माओवादी केन्द्रकी नेतृ सत्या पहाडीले पनि पिपे मतदान केन्द्रबाटै मतदान गरेकी छन् । पहाडी पनि माओवादी केन्द्रको तर्फबाट प्रतिनिधीसभामा समानुपातिक तर्फको उम्मेदवार हुन ।
प्रतिक्रिया