बदर मतदान गर्न प्रचार गर्ने सिके राउतका कार्यकर्ता प्रहरी नियन्त्रणमा

बदर मतदान गर्न प्रचार गर्ने सिके राउतका कार्यकर्ता प्रहरी नियन्त्रणमा


राजविराज– बदर मतदान गर्न प्रचारप्रसार गरिरहेका सिके राउतका एक कार्यकर्ता राजविराजबाट पक्राउ परेका छन्।

 

 

 

प्रहरीले शनिबार बेलुका सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१ का ज्ञानेन्द्र खड्गालाई पक्राउ गरेको हो।

 

 

 

राजविराज–७ स्थित शिवमन्दिर परिसरमा मधेश गठबन्धनले आयोजना गरेको चुनावी सभामा उपस्थितलाई (कोठली बाहर मतदान करु) मतपत्रको कोठा बाहिर मतदान गर भन्ने सिके राउतको पर्चाको वितरण गर्ने क्रममा उनलाई पक्राउ गरिएको रहेको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए।

 

यही मंसिर २१ गते दोस्रो चरणमा मतदान हुँदैछ।