काठमाण्डु – एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फाइनलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई ११२ रनको लक्ष्य दिएको छ ।
शनिबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १११ रनमात्र बनाएको हो ।
चितवन र पोखरा यसअघि पनि दुई पटक आमनेसामने भएका थिए । दुबै खेलमा पोखराले कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो यसअघि दुबै खेलमा पहिले ब्याटिङ गरेको पोखराले लिग चरणको खेलमा १२३ र पहिलो क्वालिफायर्समा ६६ रनमात्र बनाउन सकेको थियो ।
प्रतिक्रिया