नारायणगढ-मुग्लिन सडकमा बुधबार पनि पहिरो खस्यो, चारकिलो सडकमा यातायात अवरुद्ध

नारायणगढ-मुग्लिन सडकमा बुधबार पनि पहिरो खस्यो, चारकिलो सडकमा यातायात अवरुद्ध


चितवन – नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउंमा बुधबार बिहान ६ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

नारायणगढ-मुग्लिन सडकखण्डका सूचना अधिकारी शिव खनालका अनुसार पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्नेछ । पहिरो खसेलगत्तै पन्छाउने काम अघि बढेको भन्दै उनले थप पहिरो नखसेमा बिहान ११ बजेसम्ममा पन्छाउन सकिने बताए ।

सोही सडकमा मंगलबार बिहान पहिरो खसेपछि ११ घण्टा सवारी आवागमन अवरुद्ध बनेको थियो । बेलुका ४ बजे पहिरो पन्छाएपछि रातभर सवारीको लाम र जामका कारण यात्रुले हैरानी बेहोरेका थिए । बुधबार बिहान पुनः पहिरो खसेपछि यात्रु रोकिएका छन् ।

सरकारले उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो एउटा सडकखण्ड पनि हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुई कालोपत्रे भएको भएपनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिमपूर्ण रहेको छ ।