मतगणना मंसिर २१ पछि सुरु हुने, यसरी हुदैछ मतपेटिकाको सुरक्षा ?

मतगणना मंसिर २१ पछि सुरु हुने, यसरी हुदैछ मतपेटिकाको सुरक्षा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले आईतबार सम्पन्न भएको पहिलो चरणको चुनावको मतगणना आगामी मंसिर २१ गतेपछि मात्र सुरु हुने जनाएको छ ।

 

 

 

 

पहिलो चरणको मतदान आईतबार सम्पन्न भएपछी दोस्रो चरणको निर्वाचनपछि आगामी मंसिर २१ बट मतगणना सुरु हुने आयोगले जनाएको छ । निर्वाचन सम्पन्न भएदेखि ११ दिनसम्म मतपेटिकाको सुरक्षा सेना,शसस्त्र र प्रहरीको जिम्मामा हुनेछ ।

 

 

 

मतदान सकिएपछि मतदान अधिकृतले मतपेटिकाको मत खसाल्ने प्वाल बन्द गरी हरियो रङको सुरक्षण शील लगाउनेछन् । त्यसरी बन्द गर्दा उम्मेदवार र प्रतिनिधिको रोहवर मुचुल्का तयार गर्नेछन् र त्यसमा उम्मेदवार, प्रतिनिधि र उपस्थित अधिकारीको हस्ताक्षरसहितको सही छाप लिनेछन् ।

 

 

 

प्रयोग नभएका, फिर्ता भएका र मतपेटिकाबाहिर रहेका मतपत्रसहित सबै कागजात सुरक्षित गरी खामबन्दी गरेर त्यसमा पनि लाहाछाप लगाउने छन् र के कति कागजात रहेको भन्ने उल्लेख गरी अर्को मुचुल्का तयार पार्नेछन् ।

 

 

मतपेटिका बन्द गर्दाको मुचुल्का अनुरुप मतपेटिका सुरक्षासहित मतगणनास्थलमा र्पुयाइन्छ । प्रत्येक जिल्लाका मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन कार्यालयमा लगेर राखिने निर्वाचन आयोगका उपसचिव मुकुन्द शर्माले बताए । मुख्य निर्वाचन कार्यालयसम्म सुरक्षित रुपमा मतपत्र र्पुयाउने जिम्मेवारी सुरक्षा निकायलाई दिएको छ ।

 

 

 

मुख्य निर्वाचन कार्यालयमा रहने मतपत्रको सुरक्षाको जिम्मा ११ दिनसम्म सुरक्षा निकायले लिएको छ । क्याम्प नै खडा गरेर २४  घण्टा नै सुरक्षाकर्मी खटिने छन् ।

 

 

केही जिल्लामा मतपेटिकाको निगरानीको लागि सिसि क्यामरा समेत जडान गरिएको छ । राजनैतिक दल र प्रतिनिधिहरुको सहमतिमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिने निर्वाचन आयोगले जनाएको छ ।