आरजुले ओलीलाई भनिन् ‘ ओलीजी आंखामा चस्मा होइन दुर्बिन लगाउनुहोस’

आरजुले ओलीलाई भनिन् ‘ ओलीजी आंखामा चस्मा होइन दुर्बिन लगाउनुहोस’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली– कैलाली क्षेत्र नम्बर ५  बाट प्रतिनिधि सभाकी उम्मेदवार रहेकी कांग्रेस नेतृ आरजु राणा देउबाले सुदुरपश्चिमको बिकासमा नेपाली कांग्रेसको ठुलो भुमिका भएको दावी गरेकी छन् ।  

 

 

कैलालीको अत्तरिया चोकमा लोकतान्त्रिक गठबन्धनले सोमबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै राणाले यस क्षेत्रको बिकासमा कांग्रेस सभापति शेर बहादुर देउबा र नेपाली कांग्रेसको ठुलो योगदान भएको बताईन ।  

 

 

 

 

उनले एमाले र माओबादी केन्द्रले भने जस्तै नेपालमा साम्यबादी ब्यबस्था लागु हुन नसक्ने र दुई तिहाइ पनि नआउने धारणा राखिन । एमाले नेता केपी शर्मा ओलीप्रती निकै आक्रोसित रहेकी राणाले देउवाले सुदुरपश्चिममा विकास गरेन भन्ने् आरोपको उनले खण्डन समेत गरिन् ।

 

 

‘केपी ओलीले केही दिन अघी यस क्षेत्रमा आएर देउबाले केही गरेन भन्नु भएछ, यस क्षेत्रमा देउबाले गरेको बिकास हेर्न उहाको आखामा चस्मा होइन दुर्बिन लाउनुपर्ने भएछ ।’ राणाले कार्यक्रममा भनिन् ।

 

 

उनले वामगठवन्धनका नेताहरुले सुदुरपश्चिको नाममा आएको विकास पुर्वतिर लागेको आरोप समेत लगाईन ।