अर्थ मन्त्री शर्मा र फ्रान्सका राजदूतबीच भेटवार्ता

अर्थ मन्त्री शर्मा र फ्रान्सका राजदूतबीच भेटवार्ता


काठमाण्डु – नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोर्बाओले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेटवार्ता गरेका छन् । सोमवार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन, जलविद्युत लगायतको क्षेत्रमा लगानी गर्न फ्रान्सका लगानीकर्तालाई आग्रह गरेका छन ।

लगानीमैत्री वातावरणको लागि सरकार हरदम तयार रहेको भन्दै मन्त्री शर्माले त्यसको लागि सहजीकरण गरिदिन राजदुत बोर्बाओलाई आग्रह गरे ।उनीहरुबीच कोभिड महामारीको असर कम हुन नपाउदै नेपालमा बमौसमी वर्षाले ठूलो क्षति पु¥याएकोले त्यसको पुननिर्माण र क्षतिपूतिको लागि आवश्यक सहयोग जुटाउने सकारात्मक कुराकानी भएको छ ।

साथै जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिका सम्बन्धमा समेत भेटमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।