काठमाण्डु – शेयर बजार परिसूचक नेप्से बुधबार १८ अङ्कले उकालो लागेको छ । नेप्से १८ दशमलव शून्य ६ अङ्कले उकालो लागेर दुई हजार सात सय ६९ दशमलव १३ विन्दुमा कायम भएको छ ।
आज होटल, विकास बैंक, हाइड्रो र निर्माणबाहेक सबै समूहको शेयर उकालो लागेको छ । जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै तीन सय १७ अङ्कले उकालो लागेको छ ।
आज दुई सय २८ कम्पनीका एक करोड १५ लाख कित्ता शेयर ६ अर्ब ६१ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको ४३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया