नेपाली फुटबल टोलीको प्रशिक्षकमा फर्किए अल्मुताइरी, तीन वर्षे सम्झौता

नेपाली फुटबल टोलीको प्रशिक्षकमा फर्किए अल्मुताइरी, तीन वर्षे सम्झौता


काठमाण्डु – अब्दुल्लाह अल्मुताइरी नेपाली फुटबल टोलीको प्रशिक्षक हुने भएका छन् । उनले तीन वर्ष नेपाली फुटबल टोलीको प्रशिक्षक भएर काम गर्ने भएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत अझै तीन वर्ष नेपाली फुटबलको प्रशिक्षक रहने सम्झौता गर्ने निर्णय गरेको उल्लेख गरेका छन् । अल्मुताइरीले कर्मा छिरिङ शेर्पा र क्युएफए पदाधिकारीहरुसँगको भेटपछि नेपालमा जागिरलाई निरन्तरता दिने निर्णयमा पुगेको बताएका छन् ।

‘कर्मा छिरिङ शेर्पा र क्युएफए पदाधिकारीहरुसँगको भेटपछि मैले नेपालमा मेरो जागिरलाई निरन्तरता दिन अखिल नेपाल फुटबल संघसँग ३ वर्षको लागि नयाँ सम्झौता गर्ने निर्णय गरेको छु र सहयोग गरेकोमा कतार फुटबल संघलाई धन्यवाद र मलाई नेपाल फर्काउनको लागि सबै कुरा गरेकोमा धन्यवाद,’ उनले भनेका छन् ।

प्रशिक्षक अल्मुताइरीले नेपाली फुटबल प्रशिक्षकमा नहरने बताएका थिए । तर, कर्मा छिरिङ शेर्पा र क्युएफए पदाधिकारीहरुसँगको भेटपछि नियमित काममा फर्किने निर्णय भएको उनले बताए । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपका दौरान अल्मुताइरीले आफू कहिल्यै नेपाल नफर्किने घोषणा गरेका थिए ।