काठमाण्डु – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क (प्रीमियम) भुक्तानी इसेवाबाट गर्ने बीमित मध्येबाट पहिलो लक्की ड्र मार्फत विजेतालाई आइफोन १२ प्रदान गरिएको छ ।
नेपाल लाइफको कार्यालयमा एक कार्यक्रमकाबीच उक्त पुरस्कार प्रदान गरिएको हो । लक्की ड्र मार्फत छनोट भएका विराटनगर निवासी विज्ञान दाहाललाई नेपाल लाइफका नायब महाप्रबन्धक अमित केयलले उक्त आइफोन १२ प्रदान गरेका हुन् ।
नेपाल लाइफका नायब महाप्रबन्धक अमित केयलले डिजिटल प्लाटफर्ममार्फत प्रीमियम भुक्तानी गर्दा समयको बचत र झन्झटबाट मुक्त हुनुका साथै इसेवाले ग्राहकहरुलाई यस किसिमका उपहार प्रदान गर्दा डिजिटल पेमेन्टमा आकर्षण बढ्ने धारणा व्यक्त गरे ।
आफ्ना बीमितहरुलाई सरल र सहज सेवा प्रदान गर्न नेपाल लाइफले विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटहरुसँग बीमा शुल्क (प्रिमियम) भुक्तानीको सम्झौता गरेको छ । जसले गर्दा कुनै पनि ठाउँबाट जुनसुकै समयमा बीमा शुल्क (प्रिमियम) भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ ।
नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई–सेवाका साथै खल्ती, कनेक्ट आइपीएस, फोन पे, आईएमई पे तथा प्रभु पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ ।
प्रतिक्रिया