काठमाण्डु – लागूऔषध मुद्दामा २५ दिनदेखि हिरासतमा रहेका आर्यन खान जमानतमा रिहा भएका छन् । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनसहित ८ जनालाई गत अक्टोबर २ मा मुम्बई प्रहरीको लागूऔषध नियन्त्रण शाखाको टोलीले पक्राउ गरेको थियो ।
अन्यलाई पक्राउ गरेको केही घण्टामै रिहा गरे पनि आर्यनसहित तीनजना आरोपी २५ दिनपछि जमानतमा रिहा भएका हुन् । मुम्बई उच्च अदालतले आर्यनसहित अर्बाज मर्चान्ट र मुनमुन धमेचालाई पनि रिहा गरेको हो ।
मुम्बई उच्च अदालतका न्यायाधीश नितिन सम्ब्रेको एकल इजलासले बिहीबार उनीहरुलाई रिहा गरेको हो । आर्यनको रिहाइसँगै अभिनेता शाहरुख खानले आफ्ना वकिल सतीश मानसिन्दे र उनको टोलीसँग सामूहिक तस्बिर खिचाएका छन् ।
भारतकै महंगो वकिलमध्ये एक मानिने मानसिन्दे त्यस्ता कानुन व्यवसायी हुन् जसले यसअघि थुप्रै बलिउडकर्मीको पक्षमा वकालत गरेका छन् ।
प्रतिक्रिया