३ किलो सुन सहित पांच जना पक्राउ

३ किलो सुन सहित पांच जना पक्राउ


काठमाडौं – अवैध ३ किलो सुनसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। भारतीय कार (युके ०२ ४६८४) मार्फत् ३ किलो अवैध सुन भारततर्फ लैजाँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले शनिबार नागढुंगाको चेकपोष्टबाट २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्ने ४ जना भारतीय नागरिक र एक जना नेपाली रहेको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा १९ वर्षीय सवारी चालक दीपक कुमार मौर्य, ४५ वर्षीय अशोक कुमार,२५ वर्षीय संजना साह,५९ वर्षीय चन्द्रमोहन जोशी र २३ वर्षीय मनोज विक रहेका छन्।

पक्राउ परेका १९ वर्षीय सवारी चालक दीपक कुमार मौर्य र २३ वर्षीय मनोज विकले बयान दिएको आधारमा अन्यलाई पनि सोही दिन काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको हो। कानूनी कार्वाहीको लागि राजस्व अनुसन्धान विभाग पठाइने प्रहरीले जनाएको छ।