काठमाण्डु – साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से ५५ अङ्कभन्दा धेरैले बढेको छ । आज ५५ दशमलव २५ अङ्कले बढेर दुई हजार आठ सय ३७ दशमलव ३६ विन्दुमा पुगेको छ । आज बैंकिङबाहेक सबै समूहको शेयर उकालो लागेको छ ।
आज व्यापार समूहको शेयर एक सय ७ अङ्कले, होटलको एक सय ७३, विकास बैंकको तीन सय ३, जलविद्युतको एक सय ६६, फाइनान्सको ९२ र माइक्रोफाइनान्स समूहको शेयर एक सय ४३ अङ्कले बढेको छ ।
यस्तै जीवन बीमा समूहको शेयर दुई सय ३० अङ्कले, निर्जीवन बीमा समूहको ६ सय तीन अङ्कले, उत्पादनको तीन सय १९ र अन्य समूहको शेयर झन्डै तीन अङ्कले बढेको छ । आज दुई सय ३२ कम्पनीका एक करोड ३८ लाख कित्ता शेयर सात अर्ब ८२ करोड ३२ लाख रुपैयाँमा कारोबार भएका छन् ।
प्रतिक्रिया