मतदान रद्द भएका रुकुमका दुई मतदान केन्द्रमा शुक्रबार पुनः मतदान

मतदान रद्द भएका रुकुमका दुई मतदान केन्द्रमा शुक्रबार पुनः मतदान


रुकुम– मतदान रद्द भएका रुकुम पश्चिमका दुई वटा मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान हुने भएको छ।

 

 

 

 

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–५ को रत्न मावि काँडा मतदान केन्द्र (क) मा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको र आठबीसकोट नगरपालिका–११ को नेपाल राष्ट्रिय मावि गत्तसैना मतदान केन्द्र (ख)मा समानुपातिक प्रणालीतर्फको मात्र मतदान हुने भएको हो।

 

 

 

मंसिर १० गते मतपेटिकामा आगजनी भएपछि मतदान रद्द गरिएको थियो।