नौ फोटोमा हेर्नुहोस्,जम्मू कश्मीरका अन्तिम राजा हरि सिंहको राजदरबार

नौ फोटोमा हेर्नुहोस्,जम्मू कश्मीरका अन्तिम राजा हरि सिंहको राजदरबार

यसरी जोडिएको थियो जम्मू कश्मीरका राजासँग नेपालको सबन्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जम्मू – प्राकृतिक रूपले सुन्दर जम्मू कश्मीरमा द्वन्द्वको साथ-साथै बाह्या वा आन्तरिक पर्यटकहरुले भरिभराउ हुन्छ । जम्मू कश्मीर राज्यसँग नेपालको समेत सम्बन्ध जोडिएको छ । नेपालका तत्कालिन महाराजा मोहनशमशेरकी नातिनी यशोराज्य लक्ष्मीसँग जम्मू कश्मीरका अन्तिम राजा हरि सिंहका छोरा करण सिंहले बिवाह गरेका थिए । करण सिहँ नेपालका ज्वाई हुन् ।

जुन राजदरबार जम्मू राज्यको करननगरमा अहिले पनि रहेको छ । जहाँ अहिले एक तलामा सँग्रहालय बनाएको छ । नेपालबाट पनि राजसंस्था उन्मूलन गर्ने २०६३ सालको क्रान्तिताका दुवै पक्षबीच सहमति गराउने प्रयत्नमा भारतका तत्कालीन प्रधानमन्त्री डा. मनमोहन सिंहको विशेष दूतका रूपमा नेपालका ज्वाँई करणसिंह काठमाण्डुमा आएका थिए । तत्कालीन राजा हरि सिंह जम्मू कश्मीरलाई स्वाधीन देश कायम राखिरहने दृढतामा थिए । हिन्दुस्तानको स्वतन्त्रता संग्राममा महात्मा गान्धी, प्रधानमन्त्री जवाहरलाल नेहरू, बल्लभभाइ पटेल, जिन्ना लगायतका राष्ट्रिय व्यक्तित्वहरू निर्णायक तहमा थिए ।

राजा हरि सिहँ बस्ने सुनको सोफा

जिन्ना नेतृत्वको पंक्तिले पाकिस्तानलाई हिन्दुस्तानबाट अलग पार्न युद्ध गरेको थियो । जम्मू कश्मीर उपत्यका (लद्दाख, गिल्गिट, वाल्टिस्तान समेटिएको) कश्मीर राज्य सन् १८४६ मा ब्रिटिसको उपनिवेशबाट स्वतन्त्र हुनुपूर्व सिख राजवंशको अधीनमा थियो । सत्रौं शताब्दीमा एक हातमा बाइबल र अर्को हातमा चियाको व्यापार लिएर पसेका अंग्रेजले हिन्दुस्तानका ५६० स्वतन्त्र राज्यहरूलाई अधीनस्थ तथा उपनिवेश बनाउने क्रममा इस्ट इन्डिया कम्पनीले जम्मूका राजा गुलाबसिंहलाई बेचेका थिए ।

सधैँ पर्यटकको स्वागतमा रहेको जम्मू कश्मीरको दुर्दशाको पछाडि भारत र पाकिस्तान बीचको द्वन्द्वको साथै अब्दुल्लाह र सइद यी दुई वंश सत्ताको दादागिरी धेरै हदसम्म जिम्मेवार देखिन्छन् । कश्मीर भारतमा सम्मिलित भएर राजसंस्था अन्त्य भएपछि पनि त्यहाँ अब्दुल्लाह वंशले राज गरिरहे । जम्मू कस्मिरको ऐतिहासिक भूभाग भारत, पाकिस्तान र चीनबीच विभाजित भएको छ ।

जब भारत बेलायतबाट स्वतन्त्र हुदै थियो । त्यो बेला भारत विभाजितपनि हुंदै थियो । भारत र पाकिस्तानको विभाजनको रुप रेखा तयार भइरहेका बेला कश्मीरका अन्तिम शासक महाराजा हरिसिंहले भने आफ्नो मुलुकलाई स्वतन्त्र र असंलग्न राख्न चाहन्थे । सोही अनुरुप कश्मीर न भारत न त पाकिस्तानमा मिसिन चाहान्थो । ७७ प्रतिशत मुसलमान रहेको कश्मीर पाकिस्तानमा मिसिनुपर्ने माग पाकिस्तानको थियो । तर राजा हरिसिंह तयार थिएनन । उनले पाकिस्तानसंग व्यापारिक सन्धी गरे र सोही सन्धी भारतसँगपनि गर्न चाहन्थे । तर त्यो सम्भव भइरहेको थिएन ।

भारतले सहयोग चाहिने भए आफ्नो देशमा विलय हुनुपर्ने दवाव दियो । विवश राजा हरिसिंहले २६ अक्टोवर १९४७ मा बाध्य भएर भारतमा सामेल हुने निर्णय गर्दै सहि गरे । सन् १९४७ मा भारत र पाकिस्तान विभाजित भएपछि कश्मीर आफ्नो स्वामित्वमा आउनुपर्ने दाबी दुवै देशले गरेका छन्।

फाेटाे : वसन्त खड्का/जनकराज जाेशी