आपत्तिजनक अभिव्यक्ति दिएका मन्त्रीले मागे माफी

आपत्तिजनक अभिव्यक्ति दिएका मन्त्रीले मागे माफी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले आपत्तिजनक अभिव्यक्तिबारे माफी मागेका छन् ।

मन्त्री श्रेष्ठले सोमबार तनहुँमा ‘ईतिहाइको सरकार छाडेर देशै टुक्य्राउ भन्ने मधेसीहरूलाई १२/१४ जना मन्त्री बनायो’ भन्ने अभिव्यक्ति दिएका थिए । बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो अभिव्यक्ति कुनै समुदाय र जातिप्रति नरहेको भन्दै सबैप्रति आफ्नो सम्मान रहेको पनि बताएका छन् । मन्त्री श्रेष्ठले आफूले दिएको अभिव्यक्तिबारे पार्टीलाई पनि प्रष्ट पार्ने बताए ।

‘तनहुँमा गत सोमबार आयोजित कार्यक्रममा मैले दिएको अभिव्यक्तिबारे आम सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका टिप्पणीप्रति मेरो ध्यानाकर्षण भएको छ । मधेशी समुदाय र कुनै राजनीतिक दलको मर्यादामा आँच पु¥याउने मेरो कुनै मनसाय नरहेको स्पष्ट पार्न चाहन्छु, ’ उनले भनेका छन्, ‘मेरो भाषणमा असंवैधानिक प्रतिनिधिसभा विघटनको जगमा निरंकुश सत्ता चलाउने पूर्ववर्ती सरकारको प्रवृत्ति र प्रतिनिधिसभा विघटनपछि काम चलाउ हैसियतमा पुगेका बेला अमुक पार्टीको एउटा पक्षबाट ११ जनालाई मन्त्री बनाइएको कुरा स्मरण मात्र गरिएको हो । मैले प्रयोग गरेका शब्दका कारण कोही कसैको भावनामाथि चोट पुगेको भए म त्यसप्रति आत्मआलोचित छु । मधेशीसहित देशका सबै जाति र समुदायप्रति मेरो उच्च सम्मान रहेको छ ।’