मेक्सिकोलाई २–० गोल अन्तरले हराउंदै ब्राजिल क्वार्टरफाइनलमा प्रवेश

मेक्सिकोलाई २–० गोल अन्तरले हराउंदै ब्राजिल क्वार्टरफाइनलमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण अमेरीकी मुलुक ब्राजिल विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा ब्राजिलले विश्वकपको बलियो दाबेदार मेक्सिकोलाई २–० गोल अन्तरले हराएको हो ।

डिफेण्डिङ च्याम्पियन जर्मनीलाई हराएको मेक्सिको ब्राजिलसंग पराजित भएसंगै विश्वकपबाटै बाहिरिएको हो । यससंगै ब्राजिल रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा निकै टक्कर दिएको मेक्सिकोले दोस्रो हाफमा भने ब्राजिलको प्रहार रोक्न सकेन ।

ब्राजिलका लागि नेमार र रोबर्टो फर्मिन्होले गोल गरेका थिए । खेलको दोस्रो हाफको ५१ औं मिनेटमा डी बक्स भित्रबाट विलियनले दिएको क्रस पासलाई नेमारले टच गरेर गोल गरेपछि ब्राजिलले खेलमा अग्रता लिएको थियो । खेलको ८८ औ मिनेटमा दोस्रो हाफमा मैदान प्रवेश गरेका रोबर्टो फर्मिन्होले अर्को गोल गरेका थिए ।

फर्मिन्होले नेमारको पासमा खेलको ८८ औँ मिनेटमा गोल गर्दै ब्राजिललाई २–० को अग्रता दिलाएका थिए । खेलमा मेक्सिकोले ब्राजिललाई दबावमा राख्न सफल भएपनि गोल भने गर्न सकेन् ।

ब्राजिललाई यो पटकको विश्वकपको दाबेदारका रुपमा हेरिएको छ । मेक्सिकोलाई हराएसंगै ब्राजिल ७ औ चोटी क्वार्टर फाइनलमा पुग्न सफल भएको छ ।