हप्ताको पहिलो दिन नै नेप्से घट्यो

हप्ताको पहिलो दिन नै नेप्से घट्यो


काठमाण्डु – शेयर कारोबार हुने हप्ताको पहिलो दिन आइतबार आज शेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ । दिनभर उतारचढाव भएको नेप्से बन्द हुने बेलामा एक दशमलव ३८ अङ्कले घटेर दुई हजार ६ सय ८८ दशमलव ९२ विन्दुमा झरेको छ ।

आज बैंक, जलविद्युत्, जीवन बीमा र म्युचल फन्ड समूहको शेयर घटेको छ । अरू समूहको शेयर सामान्य बढेको छ । आज दुई सय ३० कम्पनीका ७४ लाख ३४ हजार कित्ता शेयर चार अर्ब नौ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको २७ करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।