काठमाण्डु – वायुसेवा संचालक संघले हवाइ भाडा बढाएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा सञ्चालक संघले मूल्य समायोजन गरेको हो । आयल निगमले हवाइ इन्धनको भाउ प्रतिलिटर पाँच रुपैयाँले बढाएर १०१ रुपैयाँ पुर्याएको थियो ।
संघले आईतबार सार्वजनिक गरेको नयाँ हवाई भाडादर अनुसार प्रति उडान अधिकतम २२० रुपैयाँ र न्यूनतम ३० रुपैयाँले भाडा बढेको छ । अब काठमाडौं–धनगढी रुटमा सबैभन्दा धेरै ४ हजार ४६० रुपैयाँ पुगेको छ भने पोखरा–विराटनगर रुटमा उड्ने यात्रुले प्रतिटिकट १८० रुपैयाँ बढी तिर्नुपर्छ ।
कुन रुटमा कति बढ्यो ?
प्रतिक्रिया