काठमाण्डु – गुराँस लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्त सम्ममा कम्पनीको खुद नाफा चार दशमलव १५ प्रतिशतले घटेर चार करोड नौ लाख ९९ हजार पुगेको हो ।
गत वर्षको सोही अवधिमा भने चार करोड २७ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा गुराँसको खुद बिमा शुल्क आर्जन पनि १० दशमलव ३० प्रतिशतले घटेर ८६ करोड ३३ लाख आठ हजार रुपैयाँ मात्र छ ।
जीवन बिमा कोषको आकार भने २७ दशकमलव ८७ प्रतिशतले बढेर १० अर्ब ८८ करोड १८ लाख ७७ हजार पुगेको छ । तीन महिनामा कम्पनीको जगेडा कोषमा सामान्य सुधार आएको छ ।
प्रतिक्रिया