रुसमा जारी विश्वकप क्वाटरफाइनलका लागि को–को भिड्दै छन् ?

रुसमा जारी विश्वकप क्वाटरफाइनलका लागि को–को भिड्दै छन् ?


एजेन्सी – रुसमा जारी फिफा विश्वकपको २१ औं संस्मरण अन्तरगत मंगलबार रातिको खेलपछि प्रिक्वाटरफाइलनका खेल सकिएका छन् । विश्वकपमा सहभागी ३२ राष्ट्र मध्ये समूह चरणबाटै १६ र अन्तिम १६ बाट ८ गरी २४ टोली प्रतियोगिताबाट बाहिरी सकेका छन् ।

उरुग्वेविरुद्ध फ्रान्स

यो खेल जुलाई ६ मा अर्थात आउँदो शुक्रबार निज्नी नोभगोर्ड रंगशालामा हुनेछ । खेल बेलुकी पौने ८ बजे सुरु हुनेछ ।

ब्राजिलविरुद्ध बेल्जियम

ब्राजिलविरुद्ध बेल्जियमको खेल क्वार्टरफाइनलको प्रतिक्षितमध्येको एक खेल हो । यो खेल काजान एरिनामा शुक्रबार राति पौने १२ बजे सुरु हुनेछ ।

रसियाविरुद्ध क्रोएशिया

फिस्ट रंगशालमा विश्वकपको आयोजक राष्ट्र रसियाले क्रोएशियाको सामना गर्नुपर्नेछ । यो खेल आउँदो शनिबार अर्थात् जुलाई ७ को बेलुकी पौने १२ बजे सुरु हुनेछ ।

स्विडेनविरुद्ध इंग्ल्याण्ड

यी दुई राष्ट्र सामरा रंगशालमा आउँदो शनिबार भिड्दैछन् । खेल बेलुकी पौने ८ बजे सुरु हुनेछ ।

अब ८ राष्ट्र मात्र रुस विश्वकपको उपाधि दावेदारका रुपमा रहेका छन् । आयोजक रुससहित, उरुग्वे, फ्रान्स, क्रोएसिया, ब्राजिल, बेल्जियम, इङ्ल्याण्ड र स्वीडेन प्रतिस्पर्धामा रहेका छन् । अब क्टाटरफाइलनका खेल आगामी शुक्रबार २ वटा र शनिबार २ वटा हुनेछन् । फाइलन खेल जुलाई १५(असार ३१ ) मा हुंदैछ ।