काठमाण्डु – शेयर बजार परिसूचक नेप्से बिहीबार ओरालो लागेको छ । आज नेप्से ३२ दशमलव ३९ अङ्कले घटेर दुई हजार सात सय ६९ दशमलव १३ विन्दुमा कायम भएको छ । आज विकास बैंक, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज दुई सय २४ कम्पनीका ९८ लाख ६२ हजार कित्ता शेयर ६ अर्ब २७ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल टेलिकमको ६० करोडको शेयर किनबेच भएको छ । आज मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतले उकालो लागेको छ ।
प्रतिक्रिया